गोरखाम आफ्नै बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

   १८ मंसिर २०७७, बिहीबार १३:२२  

१८ मंसिर, रौतहट । गोरखामा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ ।

गोरखाको सिरानचोक गाउँपालिका ८ धन्सार का ४० वर्षीय भुवन ढकाललाई बुबाको हत्या गरिएको आरोपमा बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

खेतमा धमन झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै ७० वर्षीय बुबा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।