नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

   ४ कार्तिक २०८१, आईतवार ०८:३१  

काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा कुशल भुर्तेलको अर्धशतकमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको  ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए ।दिपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १-१ रन बनाए ।

आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कुशलले ५४ बलमा ६ छक्का र साता चौकासहित ९२ रन बनाएका हुन् ।