मैतीदेवीबाट सालकको खपटा ओसारपसार गर्ने आरोपमा २ जना पक्राउ

   १६ मंसिर २०७७, मंगलवार ११:०३  

१६ मंसिर, रौतहट । काठमाडौँ महानगरपालिका २९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिकबाट प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

बा २ ज ६५७ नम्बरको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लोका २७ वर्षीय नवराज मिजार रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।

प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।