पानीमा डुब्दा बालकको मृत्यु
द नेपाल मिडिया
१५ मंसिर २०७७, सोमबार १२:५६
१५ मंसिर, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा एक बालकको डुबेर मृत्यु भएको छ ।
माधवनारायण नगरपालिकाको वडा नं. १ दिपहीका संजय महतोको छोरा निखिल महतोको मृत्यू भएको प्रहरीले जनाएको छ ।
१४ महिनाका बालक निखिल खेल्ने क्रममा आफ्नै घर अगाडीको नालामा डुबेका थिए ।
बिहान ११ बजे नालाको पानीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेल परेको थियो ।






