बाँकेमा थप २३ जना कोरोनामुक्त

   १० मंसिर २०७७, बुधबार १०:४६  

१० मंसिर, रौतहट । बाँकेमा थप २३ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

जिल्लामा रहेका विभिन्न आइसोलेशनबाट बुधबार १६ जना पुरुष र ७ जना महिला गरी थप २३ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५ सय ८१ पुगेको छ । अब बाँकेका विभिन्न आसोलेसनमा २ सय ८ जना छन । जस मध्ये बाहिरी जिल्लाका ५४ जना छन ।