जीप दुर्घटना हुँदा ५ को मृत्यु, ४ जना घाइते
९ मंसिर, रौतहट । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेको प्रहरीले जनाएको हो । दुर्घटनामा अन्य ४ जना घाइते समेत भएका छन् ।
बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनाको खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






