भरतपुर उपचाररत एक संक्रमित महिलाको मृत्यु
९ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट चितवनमा थप एक महिलाको मृत्यु भएको छ ।
संक्रमणका कारण मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ निवासी ७३ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका हुन् ।
गत कार्तिक २३ गते उनलाई ज्वरो, रोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा यही कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो । भरतपुर अस्पतालमा मंगलबार बिहान पनि रत्ननगर नगरपालिकाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको थियो ।
चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।






