सोमबार थप १९८० जनामा कोरोना पुष्टि, ३०४३ जना कोरोनामुक्त

   ८ मंसिर २०७७, सोमबार १६:३९  

८ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ३ सय ८१ जनामा पीसीआर परीक्षणमा गर्दा १ हजार ९ सय ८० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १८ हजार ८ सय ८४ रहेका छन् ।

यस्तै, विगत २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको छन्, भने नेपालमा हालसम्म कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख २ हजार ६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ, भने यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या १ हजार ३ सय ३७ पुगेको छ ।