विराटनगरमा कोरोना संक्रमणबाट थप एक ५० वर्षीय पुरुषको मृत्यु

   ७ मंसिर २०७७, आईतवार १३:३९  

७ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका ५ बस्ने ५९ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको हो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको उपचार केन्द्रका व्यवस्थनपक ज्ञानबहादुर बस्नेथतले जानकारी दिए । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए ।

मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने बारेमा केही खुल्न नसकेको उनले बताएको बताए ।