धरानमा कोरोना संब्रकणबाट तीन दिनको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु
२६ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण धरानमा तीन दिनको अन्तरालमा नै श्रीमान र श्रीमतीको निधन भएको छ ।
धरान १४ स्थित विजयपुरमा तीन दिको अन्तरालमा ६७ वर्षीया श्रीमती र ७४ वर्षीय श्रीमानको मृत्यु भएको हो ।
अस्पतालमा उपचार भइरहेका ६७ वर्षीया वृद्धको तीन दिनअघि घर ल्याएको भोलीपल्ट नै निधन भएको थियो ।
यस्तै, आज बिहान उनका ७४ वर्षीय श्रीमानको पनि उपचारको क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
होम आइसोलेशनमा बस्दै आएका वृद्धलाई गाह्रो भएपछि बुधबार बिहान करिब ९ बजे अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यही उपचारकै क्रममा १०ः३० मा मृत्यु भएको मेहताले बताए ।
यही कार्तिक २१ गते स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। उनको पिसिआर रिपोर्ट २३ गते पोजेटिभ आएको थियो। मृतकको शव नियम अनुसार अन्त्येष्टीको तयारी भइरहेको पनि उपमहानगरपालिकाले जनाएको छ ।






