चितवनमा एक संक्रमित वृद्धको मृत्यु
२० कार्तिक, रौतहट । बिहीबार बिहान भरतपुर अस्पतालमा थप एका कोराना संक्रमित वृद्धको मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ निवासी ८२ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यही कार्तिक १५ गते उनलाई कोरोना संक्रमण भएपछि, श्वासप्रश्वास, ज्वरो र खोकीका समस्या देखिएपछि कार्तिक १९ गते उपचारका लागि उनी भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।






