बुधबार थप ३३०९ जनामा कोरोना पुष्टि, ३० को मृत्यु

   १९ कार्तिक २०७७, बुधबार १७:०५  

१९ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको डा. गौतमले बताए ।

हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३६ हजार ९ सय ११ रहेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा थप ३ हजार ८ सय ४४ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म देशभर कोरोनामुक्त हुनेको कुल संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संखया १ हजार ३४ पुगेको डा .गौतमले बताए ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १ हवार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ जना नयाँ संक्रमित थपिएका छन् ।