चितवनमा थप एक संक्रमित महिलाको मृत्यु

   १९ कार्तिक २०७७, बुधबार १२:२०  

१९ कार्तिक, रौतहट । चितवनस्थित भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका १० निवासी ३९ वर्षीया महिला हुन् ।

श्वासप्रश्वासमा समस्या आएपछि यही कार्तिक १५ गते उनी अस्पतालमा भर्ना भएको थिए । अस्पतालमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि उनको अवस्था जटिल बन्दैगएपछि सोही दिन कोभिड आइसियूमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।