कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
१८ कार्तिक, रौतहट । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेमा सप्तरी महादेवा ६ बस्ने ३० वर्षीय युवक हुन् ।
यही कार्तिक १७ गते स्वास्थ्यमा समस्या देखिएपछि, अस्पतालमा उपचारका लागि भर्ना भएको दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उपचारका क्रममा त्यही दिन साँझ करिब ५ः४० बजे उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।






