भारतबाट नेपाल तर्फ आउदै गरेका लागु औषध सहित एक जना पक्राउ

   १७ कार्तिक २०७७, सोमबार १३:१९  

१७ कार्तिक, रौतहट । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाबाट लागु औषध सहित एक जनालाई प्रहरीले फेला पारेका छन् ।

महानगरपालिका १५ पिप्रहवा भन्ने स्थानमा कोहलपुर नगरपालिका वडा नं. ४ का ४० वर्षीय रमजान अली बेडुवा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शका लागी चेक जाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ परेका हुन् ।

साथमा रहेको साईकिल सहित नियन्त्रणमा लिईएको, प्रहरी नायब निरिक्षक बिष्णु गिरीको कमाण्डमा रहेको टोलीले नियन्त्रणमा लिएको जानकारी दिनु भयो । ईलाका प्रहरी कार्यालयबाट गिरीको नेतृत्वमा ३ जना प्रहरीको टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध सहित पक्राउ परेका रमजानलाई नियन्त्रणमा राखी थप सोधपुछ गरिरहेका छन् ।