सुस्त मनस्थितिकी भएकी एक युवतीमाथि सामुहिक बलात्कार

   १४ कार्तिक २०७७, शुक्रबार १३:०८  

१४ कार्तिक, रौतहट । उदयपुरमा एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

यही कार्तिक १२ गते उनीहरुले सुस्त मनस्थितिकी भएकी एक युवतीलाई अटोमा लगेर जबरजस्ती करणी गरेका थिए ।

सामुहिक बलात्कारको अभियोगमा पक्राउ पर्नेहरुमा २५ वर्षीय मोहम्मद र ३२ वर्षीय अल्लाह रहेका छन् । बिहीबार दिउँसो नै उनीहरुलाई प्रहरीले प्रक्राउ गरिएको हो ।

उनीहरुलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।