पाल्पा र रुपन्देही गरी थप २ संक्रमितको मृत्यु
१२ कार्तिक, रौतहट । पाल्पा र रुपन्देहीमा गरी थप दुई जनाको मृत्यु भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका ३ बस्ने ६९ वर्षीय एक महिलाको मृत्यु भएको हो ।
पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई असोज ४ गते लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा संक्रमित पुरुषको मृत्यु भएको छ ।
दुवै जनाको सोमबार राति नै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।






