भक्तपुरका तीनवटा गेष्ट हाउसमा प्रहरीको छापा, १३ जना पक्राउ
२५ असोज, रौतहट । भक्तपुरमा प्रहरीले तीनवटा गेष्ट हाउसमा छापा मारेर १३ जनालाई पक्राउ गरिएको छ ।
अवैध क्रियाकलाप हुने गरेको विशेष सुचनाको आधारमा तीनवटा गेष्ट हाउसमा छापा मारेर सञ्चालकसहित १३ जनालाई पक्राउ गरिएको हो।
भक्तपुरमा रहेका सनसाईन गेष्ट हाउस, सुनकोशी गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा प्रहरीले छापा मारेका छन् । सुनकोशी गेष्ट हाउसका सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई पक्राउ गरिएको महानगरीयी प्रहरी वृत थिमिले जानकारी दिए
सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुषलाई पक्राउ गरिएको छ । बालकुमारी गेष्ट हाउसका सञ्चालक कालिकोट घर भएका नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई प्रहरीले पक्रेको छ ।
गेष्ट हाउसमा महिला राखेर असामाजिक क्रियाकलाप गरेको हुनाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलले बताए ।
उनले भने, अनुसन्धान भईरहेको छ, कानुन बमोजिक गेष्ट हाउस सञ्चालकलाई कारवाही हुन्छ ।’






