नेपालमा थपिए १९११ जना कोरोना संक्रमित

   १५ आश्विन २०७७, बिहीबार १७:१९  

१५ असोज, रौतटह । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८ सय ३० पुगेको हो ।जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ७ सय ६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका गौतमले जानकारी दिए ।

यस्तै, बितेको २४ घण्टामा ९ सय ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

त्यसैगरी, कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको छ ।