नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ कोरोना संक्रमित थपिए

   ५ आश्विन २०७७, सोमबार १७:०८  

५ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको हो ।

यस्तै, बिगत २४ घण्टामा १ हजार ५ सय जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै आज ६७४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका गौतमले जानकारी दिए ।