पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध
द नेपाल मिडिया
२९ भाद्र २०७७, सोमबार १५:३७
२९ भदौ, रौतहट । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
ईच्छाकामना गाउँपालिका ६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
यसअघि पनि सोही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।






