बदिगाढ खोला किनारमा महिला र बालकको शव फेला
द नेपाल मिडिया
१८ भाद्र २०७७, बिहीबार १५:१८
१८ भदौ, रौतहट । गुल्मीको मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकास्थित बदिगाड खोला किनारमा २ वटा शव फेला परेका छन । बोबाङ्गमा आएको बाढी पहिरोले बगाएर ल्याएका दुईवटा शव फेला परेका हुन ।
मुसिकोट नगरपालिकाको झक्कले भन्ने स्थानमा अन्दाजी ३० देखि ३५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको हो,भने त्योभन्दा ३ किलोमिटर आगाडि चन्द्रकोट गाउँपलिका ८ तीन सिमल भन्ने खोला किनारमा अन्दाजी २ वर्षको बालकको शव फेला परेको हो ।






