भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले तत्काल नघटाउने

   ३१ भाद्र २०७९, शुक्रबार १५:२४  

३१ भदौँ, रौतहट । भारतीय आयल कर्पाेरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर आएको छ ।

आजबाट लागू हुने गरी आईओसीले नेपाल आयल निगमलाई मूल्य सूची पठाएको छ । नयाँ मूल्यअनुसार शुक्रबारदेखि पेट्रोलको भाउ प्रतिलिटरमा ६.५५ रूपैयाँ घटेको सूचनामा उल्लेख गरिएको छ ।

निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदाँ हुने भएको हो । यस्तै, डिजेलको मूल्य लिटरमा ४४ पैसाँ घटेको सूचना आएको छ ।

भारतीय आयल कर्पाेरेसन (आईओसी)ले सूचना पठाएपनि हाल नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।

निगमले घाटा भएकोले तत्कालै इन्धनको भाउ घटाउने अवस्था नरहेको स्रोतले जनाएको छ ।