देशभर स्मार्ट मिटर उपलब्ध गराउने तयारी

   ३ असार २०७८, बिहीबार ११:४६  

३ असार, राैतहट । नेपाल विद्युत् प्राधिकरणले अबदेखि सबै खाले ग्राहकलाई स्मार्ट प्रविधि चल्ने विद्युत् मिटर उपलब्ध गराउने भएको छ । अहिलेसम्म थ्रीफेज र टीओडी ग्राहकलाई यस्तो मिटर उपलब्ध गराउने गरेकामा अब सिङ्गलफेज ग्राहकलाई समेत स्मार्ट मिटर उपलब्ध गराउने भएको छ ।

“यसका लागि हामीले पाँच लाख थान स्मार्ट प्रविधियुक्त मिटर खरिदका लागि टेन्डर आह्वान गरेका छौँ,” प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने, “तत्काल स्मार्ट प्रविधि जडान गर्न नसके पनि अब स्मार्ट प्रविधि चलाउन मिल्ने मिटर मात्र ग्राहकलाई हामीले उपलब्ध गराउने गरी यो टेन्डर आह्वान गरिएको हो”

प्राधिकरणले यसअघि इलेक्ट्रोनिक मिटर आयात गर्दै आएको थियो । ती मिटरमा समेत मोडेम जडान गरेर स्मार्ट प्रणाली जडान गर्न सकिन्छ ।