जर्मन सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाण्डौ पुग्यो
२५ जेठ, रौतहट । विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीका बेला जर्मन सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री काठमाण्डौ आइपुगेको छ ।
नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार युरोपेली सङ्घको बृहत् इयू सोलिडारिटी प्याकेज अन्तर्गत आएका ती स्वास्थ्य सामग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।
जर्मन सरकारले प्रदान गरेका स्वास्थ्य सामाग्रीमा भेन्टिलेटरसहित आइसोलेशन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केएन नाइन्टी फाइभ मास्क, २५ हजार लिटर ह्यान्ड स्यानिटाइजर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिए ।






