सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

   १० जेष्ठ २०७८, सोमबार १३:५८  

१० जेठ, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँ बढेर छापावाल सुनको कारोबार ९३ हजार ७ सय रुपैयाँमा भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको भाउ बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ वृद्धि भएर आज चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।