नेपाल टेलिकमले निषेधाज्ञाभरका लागि नयाँ योजना ल्यायो

   ९ जेष्ठ २०७८, आईतवार ११:३३  

९ ज्येष्ठ, रौतहट । नेपाल टेलिकमले आफ्ना ग्राहक वर्गका लागि निषेधाज्ञाको अवधिलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।

निषेधाज्ञाको समयमा घरमै बसी ‘वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार ‘ जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकवर्गका लागि सेवाहरु रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेको एनटीसीले जनाएको छ ।

भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्नरगराउन एनटीसीले केही योजना ल्याएको हो । सेवा बारे नेपाल टेलिकमको वेबसाइसटमा जानकारी लिन सकिन्छ ।