अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड पुग्यो
७ ज्येष्ठ, रौतहट । अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५० मिलियन डलर अर्थात नेपाली मुद्रा अनुसार ५ अर्ब ८४ करोड पुगेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् ।
कोभिड-१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ ।
The U.S. is rapidly responding to Nepal’s COVID-19 surge with our first shipment in a series of critical equipment deliveries to protect healthcare workers. Our assistance to Nepal now exceeds $50M and builds on our commitment to help South Asia combat the pandemic. https://t.co/ZRh6mzW6ow
— Secretary Antony Blinken (@SecBlinken) May 20, 2021






