ओमानबाट ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ पुग्यो
२ जेठ, रौतहट । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३ सय ३० जहाजले शनिबार बेलुकी अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको हो ।
यस्तै, चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज गए राति ११ बजे उडेको निगमले जनाएको छ ।






