फोर्ब्सको सूचीमा थपिए नयाँ क्रिप्टोकरेन्सी अर्बपतिहरु
२८ चैत, रौतहट । विश्वव्यापीरुपमा बढ्दै गएको क्रिप्टोकरेन्सीको बजारले सन् २०२० मा ९ जना नयाँ डलर अर्बपतिहरु थप गरेको छ ।
ती एक दर्जन क्रिप्टोकरेन्सी अर्बपतिहरुमध्ये सर्वाधिक धनीचाहिँ ट्रेडिङ कम्पनी अलामेडा रिसर्च तथा डेरिभेटिभ एक्सचेन्ज कम्पनी एफटिएक्सका साम ब्यांकम्यान फ्राएड हुन् । उनको कूल सम्पत्ति ८ अर्ब ७० करोड डलर छ ।
दोश्रो स्थानमा क्वाइनबेसका सीईओ तथा संस्थापक ब्रायन आर्मस्ट्रंग रहेका छन् । उनको कूल सम्पत्ति साढे ६ अर्ब छ । तेश्रो स्थानमा रिप्पलका सहसस्थापक क्रिस लार्सेन ३ अर्ब ४० करोड डलरसहित रहेका छन् ।
विश्वको क्रिप्टो करेन्सीको बजार पहिलो पटक २ ट्रिलियन डलर नाघेकै दिन फोर्ब्सको उक्त सूचि सार्वजनिक भएको हो । गत जनवरीमा क्रिप्टोकरेन्सीको कूल मूल्य १ ट्रिलियन डलर थियो ।
मार्केट क्यापको आधारमा बिटक्वाइन १.०६ ट्रिलियन डलरसहित पहिलो स्थानमा छ भने त्यसपछि इथेरियम, बाइनान्सस क्वाइन, एक्सआरपी तथा टेथरलगायतका रहेका छन्
एजेन्सी






