ब्रह्माण्डको ५ औँ सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर सार्वजनिक
१४ चैत, रौतहट । नासाले ब्रह्माण्डमा अहिलेसम्म देखिएको पाँचौं सबैभन्दा चम्किलो ग्यालेक्सीको तस्वीर आफ्नो आधिकारिक इन्स्टाग्राममा सेयर गरेको छ । नासाका अनुसार यस ग्यालेक्सीको बीचमा धूलोको अपार भण्डार रहेको छ ।

यसबाहेक यसको केन्द्रमा रहेको एउटा महाविशालकाय (सुपर म्यासिभ) ब्ल्याक होलबाट जेट पनि निस्किरहेको छ । सेन्टारस ए Centaurus A) वा सेन ए (Cen A वा एनजिसी ५१२८ NGC 5128) नामले चिनिने यो ग्यालेक्सी पृथ्वीबाट १.२ करोड प्रकाश वर्ष टाढा अवस्थित छ ।
सेन्टारस ए ग्यालेक्सीको केन्द्रमा रहेको महाविशाल बल्याकहोलको द्रव्यमान हाम्रो सूर्यभन्दा अर्वौं गुना बढी रहेको छ। सक्रिय ग्यालेक्सी भएका कारण यसबाट रेडियो, एक्सरे र गामा विकिरणको उत्सर्जन भइरहेको छ ।






