संसद बिघटनको विरुद्ध शनिवार पनि माइतिघरमा प्रदर्शन
१७ माघ, रौतहट । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंको माइतिघरमा शनिबार पनि नागरिक समाजले शान्तिपूर्ण प्रदर्शन गरेको छ । बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा संसद बिघटनको विरोधमा राजधानीमा विरोध प्रदर्शन गरिएको हो ।
प्रतिनिधिसभा विघटन अहिंसात्मक भन्दै गरिएको विरोध प्रदर्शनमा डा गोविन्द केसी, पूर्वप्रहरी डीआईजी रमेश खरेललगायतका व्यक्तिहरुको सहभागीता देखिएको थियो ।
‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, संवैधानिक सर्वोच्चता कायम गर, कानुनविरुद्धको षड्यन्त्र बन्द गर’ लगायत नारा सहित सरकारको विरोध गरेका थिए ।
माइतिघरबाट सुरू गरिएको विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो, सभामा डा गोविन्द केसीले प्रधानमन्त्री ओली तानाशाहको बाटोमा अघि बढेको आरोप लगाए । मुलुकमा हत्या हिंसा, भ्रष्टचार, अनियमिता बढ्दै गए पनि सरकार भने मौन रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि नागरिकस्तरमा लगातार प्रदर्शनका कार्यक्रमहरु भइरहेका छन् ।






