भारतमा पब्जीको ठाउँमा ‘फाउ-जी’ गेम सार्वजनिक

   १६ माघ २०७७, शुक्रबार १६:५३  

१६ माघ, रौतहट । भारतमा पब्जीको प्रयोगमा प्रतिबन्ध लागेपछि अहिले नयाँ गेम फाउ जी लञ्च भएको छ ।

यो गेम २६ जनवरीमा लञ्च भएको हो । लञ्च भन्दा पहिला नै यो गेमका लागि ५० लाख भन्दा धेरै रजिस्ट्रेशन भएको छ ।

फाउजी एक एक्शन मोबाइल गेम हो । यसलाई बेंगलुरुको एक कम्पनी एनकोर गेम्सले बनाएको हो ।

यो गेम पूर्णरुपमा भारतीय सेनालाई समर्पित रहेको छ ।