झापामा २७ वर्षीया महिला बलात्कृत, फरार भएका आरोपी पक्राउ
१५ माघ, रौतहट । झापामा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान नै मेचीनगर नगरपालिका १ का २९ वर्षीय सुमन घिमिरेलाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
ती महिलालाई घिमिरेले गत आइतवार दिउँसो नै जबरजस्ती करणी गरी फरार भएका थिए । महिला बलात्कृत भएको खबर प्राप्त हुन साथै प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई हिजो बिहान पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






