सबैलाई कोरोनाको खोप निस्शुल्क उपलब्ध गराउँने; अर्थमन्त्री पौडेल
द नेपाल मिडिया
८ माघ २०७७, बिहीबार १४:५३
८ माघ, रौतहट । भारतले सहयोग स्वरुप दिएको कोरोना खोप सरकारले नि:शुल्क उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
प्रेस संगठन नेपालको दोस्रो राष्टिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप निस्शुल्क गराउने बताएका हुन् ।
उनले भने, ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ । सरकारले कोरोनाको खोप निस्शुल्क उपलब्ध गराउँछ ।






