पब्जी मोबाइल १.२ ग्लोबल भर्सन सार्वजनिक

   ४ माघ २०७७, आईतवार १२:४९  

४ माघ, रौतहट । गएको मंगलबार पब्जी कर्पोरेसनले पब्जी मोबाइलको १.२ ग्लोबल भर्सन रिलिज गरेको छ । यो पछिल्लो भर्सनमा नयाँ वेपन, अल्टिमेट रिवार्ड, नयाँ सुधार लगायत कयौं बग समेत फिक्स गरिएको छ ।

यस्तोमा गेमरहरुले गुगल प्ले स्टोरबाट यो गेम डाउनलोड गर्न सक्नेछन् । तर कतिपय प्रयोगकर्ताले अहिलेसम्म यो गेमको रोलआउट प्राप्त नगरेका हुनसक्छन् । यस्तोमा गुगल प्ले स्टोरबाट डाउनलोड गर्न नसकिरहेका प्रयोगकर्ताले यसको एपीके फायल डाउनलोड गर्न सक्छन् ।

यो भर्सन आईओएस तथा एन्ड्रोइड दुवै प्लेटफर्मका लागि रिलिज गरिएको हो । कम्पनीले ट्वीटमार्फत एरेङ्गल म्यापमा रुनिक पावरको विशेष अनुभवका लागि डाउनलोड गर्न आग्रह गरेको छ ।

यसका लागि तपाईंले केही स्टेप फलो गर्नुपर्नेछ । पब्जी मोबाइलका अनुसार यो नयाँ भर्सनमा कयौं फिचर समावेश गरिएको छ । यसमा रुनिक पावर मोड, हनर बिल्डिङ इन मेट्रो रोयल। चियर पार्क रनिङ पावर थिम्ड इभेन्ट, पावर आर्म्ड मोड तथा फामास राइफल जस्ता फिचरहरु रहेका छन् ।