बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
२३ पुस, रौतहट । बागलुङमा भएको जीप दुर्घटनामा परी एक जनाको भएको छ, भने अन्य सात जना घाइते भएका छन् ।
जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार साँझ करिब ७ बजेको समयमा पिकअप जीप दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिएका हुन् ।
ग ३ च २७१३ नम्बरको जीप बाहुनगाउँ वडा नं. २ बाट वडा नम्बर ३ छापखानीतर्फ जाँने क्रममा दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने अन्य सात जना घाइते भएका भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेहरुमा निसीखोला–३ का एक वर्षीय सुवास विक, छ वर्षीय योजन विक, २१ वर्षीया रतना सुनार, २४ वर्षीया मनि विक, २७ वर्षीया बिरमला विक, ५४ वर्षीय प्रेम विक, र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको भण्डारी जनाए ।
तर, दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।






