बुधबार थप ५११ जनामा संक्रमण पुष्टि, ६०० जना कोरोनामुक्त
१५ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार विगत २४ घण्टामा ५ हजार १ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७ पुरुष र २ सय ४ महिला गरी जम्मा ५ सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको डा. गौतमले जनाएका छन् । जसमध्ये हाल नेपालमा संक्रिय संक्रमितको कुल संख्या ६ हजार ३ सय रहेको छ ।
त्यस्तै, बितेको २४ घण्टामा थप ६ सय जनाले कोरोना संक्रम्ण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशभर संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको डा. गौतमले जनाए ।
यसैबीच, बितेको २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ८ सय ४७ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप २ सय २५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।






