ट्रयाक्टरबाट खसेर कञ्चनपुरमा एक जनाको मृत्यु

   १३ पुष २०७७, सोमबार ११:१९  

१३ पुस, रौतहट । ट्रयाक्टरबाट खसेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बेलौरी नगरपालिका ४ शान्तिपुरमा वडा नम्बर १० बस्ने २५ वर्षीय बहादुर राना रहेका प्रहरीले जनाएको हो ।

सु प प्र ०१-००२ त ४१७३ नम्बरको ट्रयाक्टर बैलौरी-कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा ट्रयाक्टरबाट खसेका राना गम्भीर घाइते भएका थिए ।

घाइते रानाको उपचारका क्रममा धनगढी निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।

यस्तै, बेलौरी नगरपालिका –१० भूडाकै चालक २३ वर्षीय महेश रानालाई नियन्त्रणमा लिइ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।